कर्णालीका खेलाडीलाई खेलकुद सामग्री हस्तान्तरण

सुर्खेत । कर्णाली प्रदेशका खेलाडीहरुलाई यूवा नेता तथा समाजसेवी तीर्थ सुनारले खेलकुद सागग्री वितरण गरेका छन् । राष्ट्रिय केन्पो प्रतियोगितामा तृतिय स्थान प्राप्त गरेका कर्णालीका खेलाडीहरुलाई खेलकुद सामग्री हस्तान्तरण गरेका हुन् । खेलाडी राष्ट्रका गहना भएको हुदा उनीहरुलाई हौसला, प्रेरणा दिनुपर्ने सुनारले बताए । ’कर्णाली प्रदेशले राम्रा खेलाडी उत्पादन गर्नु कर्णालीको सम्पती भएकाे बताए ।

सुनारले १० हजार बराबरको खेलकुद सामग्री हस्तान्तरण गरेका छन् । राष्ट्रिय स्तरमा कर्णालीको नाम उच्च राखेको खुशीयालीमा सुनारले पन्चिन बेक दिएका छन् । सुर्खेतमा व्यवसाय गर्दै आएका सुनार पछिल्लो समय समाजसेवीमा निकै सक्रिय मानिन्छन् । विगत लामो समय देखिको मेहनत पछि कर्णाली प्रदेशले केन्पो खुकुरी मार्सल आर्ट कर्णाली प्रदेश ले राष्ट्रिय केन्पो प्रतियोगितामामा तृतिय स्थान प्राप्त गरेको छ । साथै खेलाडीले व्यक्तिगत रुपमा ४ वटा र ८ वटा सिल्भर मेडल प्राप्त गरेको अवसरमा कर्णालीमा खुशीयाली छाएको छ ।