सुर्खेत । कर्णालीका हिमालीमा जिल्लामा हिमपाल भएको छ । हुम्लामा शुक्रबार बिहान पाच बजेदेखि हिमपात सुरु भएको हो । हुम्लाको सदरमुकाम सिमकोटमा करिब पाच इन्चजति हिउँ जमेको हुम्लाका प्रमुख जिल्ला अधिकारी सीता परियारले जानकारी दिइन् ।
हुम्ला सदरमुकाम सिमकोटको अधिक्तम तापक्रम माइनस ३ र न्यूनतम तापक्रम माइनस ७ डिक्री सेल्सियस रहेको सीता परियारले बताईन् । अहिले वर्षा सँगै हिमपात भइ रहेको छ ।
त्यहाँका स्थानियहरुले दैनिकी कामलाई थाती राखेर घरभित्र सुरक्षित भएर बसेको उनले बताईन् । केही व्यक्तिहरु हिउँमा रमाइरहेका छन् । उनले भनिन् झजिल्लामा अहिलेसम्म कुनै पनि अप्रिय घटना घटेको छैन् ।
हुम्ला जिल्लाकाे सिमिकोट, नाम्खा, खार्पुनाथ, चंखेलि गाउँपालिमा निरन्तर हिमपात भैरहेको छ । सिमकोटमा ६ इन्च, नाम्खा गाउँपालिकाको यारि लेकमा १ फिट हिउँ परेको छ भने खार्पुनाथ गाउँपालिको याङ्चुमा ६ इन्च हिउँ परेको छ । त्यस्तै, चंखेलि गाउँपालिको मिमिमा सामान्य हिमपात भएको छ । शर्केगाड, ताजाकोट, अदाचुलि गाउँपालिमा हल्का वर्षा भैरहेको छ। हिमपातका कारणका स्थानीयहरु फटाफुट आवातजावत भैरहेको छ ।
यस्तै, मुगु र जुम्ला र कालिकाेटमा पनि हिमपात सुरु भएको छ ।
ए.के. सञ्चार । ६ माघ २०७९, शुक्रबार ११:५३