जनताको कामदारको रूपमा बुझेको छुः मुख्यमन्त्री राजकुमार शर्मा

कर्णालीको अवस्थालाई परिवर्तन गर्ने समृद्धिको अभियान थाल्दैछौं

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आफू एउटा कामदारको रूपमा बुझेको बताएका छन् । आइतबार वीरेन्द्रनगरमा आयोजित प्रेस सेन्टर नेपालको १९ औँ स्थापना दिवसको अवसरमा आफ्नो भनाइ राख्दै मुख्यमन्त्री शर्माले ‘म एउटा कामदार रूपमा बुझेको छु, मलाई तपाईँहरूले सही ढङ्गले काम दिनुहुने छ, सही ढङ्गले सल्लाह र सुझाव दिनुहुने छ भन्ने अपेक्षा राखेको छु ।’

जनताको अवस्था कर्णालीको अवस्थालाई परिवर्तन कर्णालीको समृद्धिको अभियान थाल्दैछौं, त्यसमा सम्पूर्ण सञ्चारकर्मी जगत केन्द्रित र एकीकृत भएर अगाडि बढ्ने छ, शर्माले भने, गरिबिका विरुद्ध एउटा लडाइ र युद्ध छेड्ने छौँ ।’ हामी सफल हुने छौँ क्रान्ति कर्णालीमा रहेका अथाह साधन स्रोतहरू, श्रम शक्ति पहिचालन गरेर हामी एउटा समृद्धि कर्णाली, सुखी कर्णाली, सुखी र खुसी कर्णाली निमार्ण गर्ने अभियानमा सँगै सँगै अगाडि बढ्ने छौँ ।

मिडियामा काम गर्दै जाँदा मिडियामा मेरो भविष्य छ भनेर भविष्य देख्ने एउटा योजना, कार्यक्रम हाम्रालाई चाहिएको छ । आम प्रतिष्ठानलाई कसरी व्यवस्थित गर्न सकिन्छ भनेर म अगाडि बढेको छु । वित्तीय सङ्घीयता पूर्णपुरुपमा लागु भएको छैन । प्रशासनिक सङ्घीयता अत्यधिक कमजोर अवस्थामा छ, यसको विषयमा हामी छलफल र बहसलाई अगाडि बढाउने छौँ ।

यी सबै कुराहरू प्राप्त गर्दा कर्णाली प्रदेशको सरकार जस्तो बन्ने छ, शर्माले भने ऐन कानुन निमार्ण बनाउदा जनमुखी बनाउने सङ्घर्षलाई अगाडि बढ्दा हामी कर्णालीलाई, कर्णाली जस्तो बनाउन सकिने शर्माको अनुभूति गरेको बताए ।