वीरेन्द्रनगरबाट पहाडी र हिमाली जिल्लामा जाने यात्रुहरु मर्कामा

सुर्खेत । नेपालीहरको महानपर्व बडा दशैँका लागि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरबाट पहाडी र हिमाली जिल्लामा जाने यात्रुहरुले हैरानी खेप्नु परेको छ । बसपार्कमा काउन्टरवाला र सवारी चालकहरूको मनोमानीले यात्रुको अलपत्र छन् । दशैँ मनाउन कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरबाट बाहिरिने यात्रुहरूमाथि काउन्टरवाला र चालकहरूले धम्कीपूर्ण व्यवहार गर्ने गरेका छन् ।

बसपार्कमा उनीहरूले एउटै सिटको दुईदेखि तीन पटकसम्म टिकट काट्नेदेखि सिट क्षमताभन्दा बढी मान्छे गाडीमा कोच्दै पठाउने गरेको छन् । यातायातलाई व्यवस्थित गर्न खटिइएका ट्राफिक प्रहरी र नेपाल प्रहरी भने रमिते बनिरहेको छ । यात्रुहरूले टिकटमा तोकिएको समयमा सवारी साधन नछुट्दा खाना, पानी पनि खान नपाइएको गुनासो यात्रुहरुले गरेका छन् ।