कर्णालीका जनतालाई गरिबि, कुसंस्कारका विरुद्धमा मैदानमा उत्रिन मुख्यमन्त्री शर्माको आग्रह

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीको अवस्था, जनताको अवस्था परिवर्तनको लागि, गरिबीबाट मुक्ति हुन समाजमा रहेको विभेदको अन्त्य गर्नका लागि कर्णालीवासी जनताले गरिबिका विरुद्ध र कुसंस्कारका विरुद्धमा मैदानमा उत्रिन आग्रह गरेका छन् ।

शुक्रवार कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा आजबाट सुरु भएको दोस्रो राष्ट्रिय औद्योगिक व्यापार, नवीनतम कृषि प्रदर्शनी तथा व्यापार महोत्सवको उद्धघाटन गर्दै मुख्यमन्त्री शर्माले अब कर्णालीको समृद्धिको थालनी सुरु भएको बताएका हुन् ।

कर्णालीको अवस्था परिवर्तनका लागि हामीलाई चाहिएको नीति, कार्यक्रम र ऐन कानुन निर्माण गर्दै जनतातिर फर्केको छौँ मुख्यमन्त्री शर्माले भने, ‘हामीलाई दुई वटा कुराको खाचो छ, ‘हामी दुई वटै कुरामा केन्द्रित छौँ । कर्णालीमा आर्थिक समृद्धि, आर्थिक सम्पन्नता, रोजगार चाहिएको छ ।’ ‘उनले भने साथै आर्थिक सम्पन्नता सुखको कुरा हो । हामीलाई सुख मात्रै भएर पुग्दैन, खुसी पनि चाहिएको छ ।’

 

शिक्षा, स्वास्थ्य र रोजगार, त्यसका लागि भौतिक पूर्वाधार भन्ने सोचेका साथ अगाडि बढेको शर्माले धारणा राखे । उनले, भने रोजगार नै मुख्य कर्णालीको मुख्य विषय भएकोमा जोड गरे । कृषि र वन पैदावारमा आधारित मझौला उद्योगहरू सरकारको पहिलो प्राथमिकतामा रहने बताए ।

यस्तै, स्वरोजगार र रोजगार सिर्जना गर्नका लागि भुरीगाउँ हाताहान्ना, कर्णाली करीडोर र भेरी करीडोर मुख्य प्राथमिकतामा राखेर सडकहरुको विकास निर्माण गर्ने जानकारी दिएका छन् ।  शर्माले भने, ‘राप्ति लोकमार्ग, लुम्बिनी र रारा जोड्ने सडक निर्माण पनि सरकारको पहिलो प्राथमिकतामा रहेको छ । साथै, कर्णालीका प्रत्येक वडाहरूमा सडक पुराउने छौँ ।’

उक्त महोत्सवमा पाँच लाख दर्शकले अवलोकन गरिने तथा प्रदर्शनीबाट ४ करोड रुपैयाँको कारोबार हुने अपेक्षा गरिएको  आयोजक समितिका अध्यक्षले जानकारी दिए ।