खेलकुद पत्रकारिता सम्बन्धि दुईदिने तालिम

सुर्खेत । कर्णाली प्रदेश सामाजिक विकास मन्त्री खड्क बहादुर पोखरेलले कर्णालीमा हुने १० औं राष्ट्रिय खेलकुद अवसर र चुनाैतीकाे बिषय रहेकाे बताएका छन् ।


बुधबार नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिकाे आयोजना र कर्णाली प्रदेश खेलकुद परिषदकाे समन्वयमा भएकाे खेलकुद पत्रकारिता सम्बन्धि दुईदिने तालिममा मन्त्री पाेखरेलले यसलाई सफल बनाउन सबैले हातेमालो गर्नुपर्नेमा जाेड दिए ।

मन्त्री पाेखरेलले वीरेन्द्रनगरमा निर्माणाधीन प्रदेशकाे गाैरबकाे आयाेजना प्रदेश रङ्गशालाकाे निर्माण कार्य तिव्र रुपमा अगाडि बढेकाे बताए ।

१० औं राष्ट्रिय खेलकुद उक्त रङ्गशालामा मात्रै खेलाउन सम्भव नहुने हुँदा अन्य जिल्लाका खेलकुदका पूर्वाधारका याेजनामा पनि जाेड दिन आवश्यक रहेकाे उनकाे भनाइ छ ।

अन्य जिल्लामा खेलकुदका संरचना निर्माणका लागि बजेट अभाव रहेकाे मन्त्री पाेखरेलले भने,` आर्थिक अभाव भएपनि १० औं राष्ट्रिय खेलकुद अवसरमा रुपमा लिएर सम्पन्न गर्नुपर्ने छ । कर्णालीकाे खेलकुद विकासका लागि कर्णाली सरकारले सदैव अगाडि बढ्नेछ ।,

यस्तै, कर्णाली प्रदेश खेलकुद परिषदका सदस्य सचिव विश्वामित्र संज्यालले कर्णालीका पत्रकारले कर्णालीमा हुने १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताकाे समाचार सम्प्रेषण सँगै अन्य खेलकुदका गतिविधिलाई आफ्ना मिडिया मार्फत प्राथमिकता दिने अपेक्षा राखेकाे बताए । सदस्य सचिव संञ्जालका अनुसार कर्णालीमा पत्रकारकाे क्षमता वृद्धिका लागि यस्ता खालका तालिमकाे आयाेजना हुनुपर्ने बताए ।

साथै, पत्रकार महासंघका कर्णाली प्रदेेशका अध्यक्ष देवीराम देवकोटाले खेलकुद क्षेत्रमा कलम चलाउने पत्रकारलाई प्राेत्साहनका लागि फेलासिप गर्नुपर्ने याेजना बनाएकाे जानकारी दिए । खेलकुद पत्रकारिता मात्रै नभएर मात्रै अन्य विद्याका पत्रकारिताकाे क्षमता वृद्धिका लागि पनि अन्य तालिमकाे आयाेजना गरिने पनि बताए । अध्यक्ष देवकोटाले भने,` यस तालिमबाट पत्रकारकाे सीप क्षमता र वृद्धिकाे विकास हुने अपेक्षा राेखेकाे छु ।,

खेलकुद पत्रकारिता तालिमकाे प्रशिक्षकमा पवन आचार्य , प्रकाश तिमल्सिना, भानु अधिकार र सुवाश हुमागाई गरिरहका छन् । तालिममा वीरेन्द्रनगरमा रहेका सम्पूर्ण पत्रकारहरु उपस्थिति रहेकाे छ । उक्त तालिम बिहीबार सम्पन्न हुनेछ ।