कसैले चाहेरपनि गठबन्धन भत्किँदैन: नाराणकाजी श्रेष्ठ

सुर्खेत । उप–प्रधान एवं भौतिक पुर्वाधार तथा योजना मन्त्री नारायणकाजी श्रेष्ठले वर्तमान गठबन्धन भत्काउन नचाहेको बताएका छन् । उनले माओवादी चारवटा कुरामा स्पष्ट रहेको स्पष्ट पारेका छन् ।


बिहीबार सुर्खेत विमानस्थलमा पत्रकार सम्मेलनमामा श्रेष्ठले प्रतिगमनलाई कुनैपनि हालतमा अगाडि बढ्न नदिने, दोस्रो राष्ट्रियताको रक्षा, तेस्रो समृद्धिको लक्ष्य र चौथो शान्ति प्रक्रियाको बाँकी काम रहेको मन्त्री श्रेष्ठले भने,‘ यो पुरा गर्नेगरि विश्वासको वातावरण बन्यो भने बाहिरबाट कसैले चाहेरपनि गठबन्धन भत्किँदैन ।’ यदि त्यस्तो खालको परिस्थिती नबनेको खण्डमा माओवादीले चाहँदैमा र नचाहँदैमा केही पनि गर्न नसकिने उनको उनले बताए ।

 

उनले भने, ‘वर्तमान समीकरणलाई बदल्ने प्राथमिता हाम्रो नभएको बताएका छन् । उनले सम्पूर्ण दलहरुलाई समेत समेट्ने गरि अघि बढ्न चाहनेको र माओवादीबाट समीकरण बदल्ने कुरा नरहेको स्पष्ट पारे । राष्ट्रपतिको चुनावको विषयमा हाम्रो एउटै भनाई छ, त्यो प्रधानमन्त्री प्रचण्डलाई सबै पार्टीहरुबाट समर्थन प्राप्त भयो, त्यसका लागि हाम्रा एतिहासिक परिघटना हो । अहिलेको मुलुकाको आवाश्यकता राष्ट्रिय सहमतिको स्थिीतको सिजृना भएको छ । राष्ट्रपति चयन गर्दा त्यो परिस्थितीलाई सम्बोधन गर्न उपयुक्त हुन्छ ।’

श्रेष्ठले राष्ट्रपतिमा पनि राष्ट्रिय सहमति आजको आवश्यकता रहेको छ,‘ त्यो विषयमा हामी दृढ रहेका छौं ।’ साथै श्रेष्ठले माओवादी नेतृत्वमा हुँदा अबको कार्यदिशका राजनीतिक उपलब्धिलाई साधन बनाएर सामाजिक, आर्थिक समृद्धिको लक्ष्य हासिल गर्ने अबको कार्यभार रहेको बताए ।