सुर्खेतमा बसकाे ठक्करबाट एक महिलाको मृत्यु

सुर्खेत । सुर्खेत बसपार्क नजिकै बसले ठक्कर दिँदा एकजना महिलाकाे उपचारका क्रममा मृत्यु भएको छ ।

नाम थर र ठेगाना नखुलेकी अन्दाजी ६६ वर्षीया महिला रहेकाे कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी माधव प्रसाद श्रेष्ठले जानकारी दिए ।

आइतबार ३:३० बजे बसले ठक्कर दिएकाे थियाे थप उपचारका लागि प्रदेश अस्पताल लैजादै गर्दा मृत्यु भएको श्रेष्ठले बताए ।

बा ४ ख ८०६१ नम्बरको बस बुलुबुले चोकबाट बसपार्क आउँदै गरेको थियो । उक्त महिला महिला जेब्राक्रसमा बाटो काटिरहेकै समयमा बसले ठक्कर दिएको प्रहरीको भनाइ छ ।

बसका चालक फरार रहेको छन् भने बस नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा राखिएको छ। फरार चालकको खोजीकार्य भइरहेको उनले बताए।