सुब्बाकुनामा ट्राफिक सन्देशमुलक डिजिटल बोर्ड 

सुर्खेत । वीरेन्द्रनगर भित्रिने मुख्य नाका सुब्बाकुनामा ट्राफिक सन्देशमुलक  डिजिटल बोर्ड राखिएको छ । बजार क्षेत्रमा राखिएका ट्राफिक सिंगनल विभिन्न आन्दोलनका क्रममा तोडफोड गरेर क्षती पुर्याएपछि वीरेन्द्रनगर भित्रने मुख्य नाकामा डिजिटल बोर्ड राखिएको हो ।

कर्णाली प्रदेश खेलकुद परिषदको लगानीमा निर्माण गरिएको डिजिटल बोर्ड जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतलाई हस्तान्तरण गरिएको छ । परिषद्का सदस्य सचिव विश्वराज सञ्जालले ट्राफिक प्रमुख उपेन्द्रप्रसाद आचार्यलाई हस्तान्तरण गरेका छन् । तीन लाख लागतमा निर्माण गरिएको डिजिटल बोर्डमा सडक दुर्घटना न्यूनिकरणसम्बन्धी सन्देशहरु राखिएको छ ।

सडक दुर्घटना न्यूनिकरणका लागि सन्देशहरु प्रवाह गर्नका लागि डिजिटिल बोर्ड राखिएको ट्राफिक प्रमुख आचार्यले बताए ।

सवारी दुर्घटना न्यूनिकरणका लागि ट्राफिक प्रहरीले विभिन्न क्षेत्रहरुमा सचेतनामूलक अभियानहरु सञ्चालन गर्दै आएको आचार्यले जानकारी दिए ।