
काठमाडौं । राष्ट्रपतिमा रामचन्द्र पौडेल विजयी भएका छन्।
पौडेलले ३३ हजार ८०२ मतभार प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी एमालेका सुवास नेम्वाङले १५ हजार ५१८ मतभार प्राप्त गरेका छन् ।

निर्वाचनमा ३१३ संघीय सांसद र ५१८ प्रदेशसभा सदस्यले मतदान गरेका थिए ।

प्रकाशित मिति : २०७९ फागुन २५ गते बिहीबार