२०८२ कात्तिक ११ , मंगलबार

सल्यानबाट फरार प्रतिवादी प्रकाउ




सुर्खेत । प्रहरीले सल्यानबाट फरार प्रतिवादीलाई पक्राउ गरेको छ। शारदा नगरपालिका–९ बस्ने २८ वर्षीय मोहन सेजवाललाई प्रहरीले पक्राउ गरेको हो।

उनी सवारी ज्यान मुद्दाको फरार सुचीमा रहेका थिए।

जिल्ला प्रहरी कार्यालय सल्यान बाट खटिएको ४ जनाको प्रहरी टोलीले शारादा–२ खलंगा बजारबाट पक्राउ गरेको हो।

उनलाई नियन्त्रणमा लिई जिल्ला अदालत सल्यानमा बुझाएको छ।

प्रकाशित मिति : २०७९ चैत १४ गते मंगलबार