दुई थान भरुवा बन्दुक फेला

रुकुमपुर्व । पूर्वी रुकुमको एक सामुदायिक बनमा दुई थान भरुवा बन्दुक फेला परेको छ । भूमे गाउँपालिका–१ वालुवाबाट प्रहरीले बन्दुक फेला परेको हो ।

 

विशेष सुराकीको आधारमा प्रहरी चौकी लुकुमबाट खटिएको टोलीले वालुवास्थित सुन्दर सुमा सामुदायिक जंगलको ओडारभित्र बेवारिसे अवस्थामा भरुवा बन्दुक फेला पारी बरामद गरेको जनाएको छ । प्रहरीका अनुसार यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।