कर्णालीमा हावाहुरीसँगै परेको असिना पानीले कहाँ कति क्षति पुग्याे (फाेटाे फिचर)

सुर्खेत । शनिबार आएको ठूलो असिना पानीले कर्णाली प्रदेशमा लाखौँको बाली, तरकारी तथा फलफूल खेतिमा क्षति पुर्‍याएको छ ।

दिउँसो ३ बजेपछि हावाहुरीसहित आएको पानीले कर्णालीका विभिन्न ठाउँमा क्षति पुर्‍याएको हो । असिना पानीका कारण भित्राउने बेला भएको गहुँ बाली र मकैमा समेत नराम्रो क्षती पुर्‍याएको छ । यसैगरी आँप, लिचि, सुन्तला, कागती, वन्दा, काउली लगायतका तरकारी बालिमा क्षती पुर्‍याएको हो ।

धेरै जसाे जाजरकोटकाे भुकम्प प्रभावित क्षेत्रमा र सुर्खेतमा क्षति पुर्‍याएको छ । जाजरकोटकाे भुकम्प प्रभावित ठाउँमा घरका छानाे उडाएको छ भने सुर्खेतमा अन्न बाली र तरकारी तथा फलफूल खेतिमा क्षति पुर्‍याएको हाे ।

भित्राउन लागेकाे बाली असिनाले नष्ट गर्दा कृषक दुखित भएका छन् । आधा घण्टा जति परेको असिना र पानीले गर्दा किसानहरुलाई निकै समस्यामा पारेको छ ।

यस्तै, कालिकोटकाे पचालझरना गाउँपालिका-३ काे वडा कार्यालयकाे छानाे उडाउदा भित्र रहेका सामानमा क्षति पुगेकाे छ । वडा कार्यालयमा रहेका कम्प्युटर, ल्यापटप, साेलार लगायतका सामान फुट्नुका साथै, महत्त्वपूर्ण कागज पानीले भिजेका छन् ।

साथै, जाजरकोटमा टिनको छानो भएका घर टहरा र सरकारी भवनका छानोहरु उडाएको छ । हावाहुरीका कारण विद्युत र टेलिफोन सेवा अवरुद्ध समेत भएको जिल्ला प्रहरी कार्यालय जाजरकोले जानकारी दिएकाे छ ।