सुर्खेत । कर्णाली प्रदेश सरकार पूर्णता पाएको छ । मङ्गलबार नेपाली काँग्रेस सहभागी हुनका लागि मन्त्रीको नाम टुंगो लगाएको छ ।
।जाजरकोट प्रदेशसभा (ख) निर्वाचित बेदराज सिंह, सुर्खेत १ (क) बाट निर्वाचित सांसद खड्कबहादुर पोखरेल र दैलेख–१ (क) बाट निर्वाचित सांसद कृष्ण बिसी मन्त्रीका लागि सिफारिस भएका छन् ।
आर्थिक मामिला तथा योजना मन्त्रालयमा बेदराज सिंह, सामाजिक विकास मन्त्रीमा खड्ग पोखरेल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा बिसी सिफारिस भएका छन् ।
ए.के. सञ्चार । ५ बैशाख २०८०, मंगलवार १८:१८