चुलो व्यवसायबाट मनग्य आम्दानी

सुर्खेत । कर्णालीका युवा युवतीहरु वैदेशिक रोजगारीका लागि दैनिक विदेशिने गरेका छन् । तर विदेशबाट सिकेको सिपलाई आफ्नो देशमा सदुपयोग भने केहिले मात्रै गरेका छन् । यस्तै उदाहरण भनेको छन् दैलेख आठबीस नगरपालिका–१ का खम्बबहादुर रावत । रावतले कामको शिलशिलामा भारतको मुम्बई र आग्रामा गएका उनले त्यहाँ सिकेको सिपलाई नेपालमा नै बसेर मनग्य आम्दानी गर्दै आएका छन् ।

भारतको मुम्बई, आग्रामा उनले तन्दुरी चुलो बनाउन सिकेको सिपलाई आफ्नै ठाउँमा बसेर चुलो व्यवसाय गर्दै आउका छन् । कर्णालीमा नै तन्दुरी चुलोको व्यवसायि गर्ने त्यति धेरै नभएको हुदाँ आफ्नै ठाउँमा बसेर चुलोको व्यवसाय गर्ने निर्णय गरेको उनी बताउछन् । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा चुलो व्यवसाय गर्दै आएका रावतले चुलो हुम्ला सम्म माग भएको बताए । उनले चुलो व्यवसाय देखि मासिक ३० देखि ३५ हजारसम्म आम्दानी गर्ने गरेका छन् ।

चुलो माटोको भाडा र फलामबाट बनेको छ । रावतले ग्यास, कोइला र दाउराबाट प्रयोग हुने तिन प्रकारको चुलो बनाउदै आएका छन् । यस चुलोमा एकपटकमा ८ देखि १२ वटा तन्दुरी पकाउन सकिन्छ । रावतले आफ्ना ४ जना परिवारलाई यहि चुलो व्यवसायबाट नै खर्च चलाउने गरेका छन् । १ बर्ष देखि चुलो व्यवसायमा होमिएका रावतले दिल्ली, चाइना, र भक्तपुरबाट कच्चा पदार्थ ल्याएर सुर्खेतमा चुलो निर्माण गर्ने गरेका छन् । अहिले चुलोको माग कर्णालीका हुम्ला, जुम्ला, कालीकोट, नेपालगन्ज, सुर्खेतमा हुने गरेको उनले जानकारी दिए । रावतले बार्षिक ३ देखि ४ लाख सम्म आम्दानी गर्दै आएका छन् ।