नेपालमा थप ५१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं। नेपालमा थप पछिल्लो २४ घण्टामा थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ९०२ नमूनामध्‍ये ६६९ जनाको पीसीआर परीक्षण गर्दा २६ जना र १ हजार २३३ जनाको एन्टीजेन परीषण गर्दा २५ जना गरी ५१ जनामा कोरोना संक्रमण देखिएको हो ।

 

यस्तै कोरोनाको संक्रिय संक्रमितको संख्या १४७ पुगेको छ भने संस्थागत आईशोलेशनमा १३ जना, आईसीयूमा ६ जना र भेन्टिलेटरमा १ जना उपचाररत छन् ।