४ सय रुपैयाँ घट्यो सुनको भाउ

काठमाण्डाै – लगातार बढेको सुनको भाउ आज भने घटेको छ ।

सुनको भाउ आज तोलामा ४ सय रुपैयाँ घटेको हो । सुन आज तोलामा ९२ हजार रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

चाँदीको भाउ पनि आज तोलामा ५ रुपैयाँले घटेर तोलाको १२ सय ४५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।