बाँके । निजी क्षेत्रको अग्रणी वायुसेवा कम्पनि बुद्ध एयरले नेपालगन्ज पोखरा नियमित उडान सेवा सुरु गरेको छ । आइतबार (हिजो) देखि नियमित उडान सेवा सुरु गरेको हो ।
गत वैशाख १८ गतेदेखि नै नेपालगञ्ज–पोखरा उडान गर्ने योजना बनाएपनि कोरोना महामारीका कारण उडान प्रभावित बनेको थियो ।

पहिलो चरणमा सातामा तीन दिन आइतबार, बुधबार र शुक्रबार १८ सीट क्षमताका जहाजबाट उडान सञ्चालन हुने तालिका बनाईएको बुद्ध एयर नेपालगन्जका स्टेसन म्यनेजर बिनित शाहले बताए ।

प्रकाशित मिति : २०७८ साउन १८ गते सोमबार
प्रतिक्रिया दिनुहोस्