सुर्खेत । लागुऔषधसहित वीरेन्द्रनगरमा तीन जना प्रकाउ परेका छन् । आइतबार सुर्खेत प्रहरीले वीरेन्द्रनगर-६ मंगलगढी चोकमा रहेको एक होटलबाट तीन जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सान्नीत्रिवेणी गाउँपालिका–३ कालिकोटका ३० वर्षीय अर्जुन देवकोटा, नेपालगञ्ज उपमहानगरपालिका–११ बाँकेका २४ वर्षीय खिरोज खान र बाँकेकी २३ वर्षीय शारदा सिंह रहेका छन् ।
प्रहरीले उनीहरुको साथबाट १९ ग्राम ८२० मिलिग्राम लागू औषध जस्तो देखिने धुलो पदार्थ फेला पारेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।
साथै, प्रहरीले नेपाली तीन हजार र भारतीय दुई हजार ६ सय रुपैयाँ, एक एक थान मोबाइल समेत बरामद गरेको छ । थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखिएको छ ।
ए.के. सञ्चार । २८ जेष्ठ २०८०, आईतवार १३:०४