प्रत्यक्षतर्फ ४० प्रतिशत सिट दिनुपर्ने निष्कर्ष शेखर समूहको निष्कर्ष

काठमाडौं ।आफूहरूलाई प्रत्यक्षतर्फ ४० प्रतिशत सिट दिनुपर्ने निष्कर्ष नेपाली कांग्रेसको शेखर कोइराला समूहले निकालेको छ । आज शीर्ष नेताको उपस्थितिबिना बसेको बैठकले आफूहरूलाई सम्मानजनक सिट दिनुपर्ने निष्कर्ष निकालेको हो ।संस्थापन पक्ष एक्लौटी रूपमा गए कांग्रेसले ठूलो संकटको सामना गर्नुपर्ने बैठकमा सहभागी नेताहरूको भनाइ छ । उनीहरूले आफूहरूको भेलालाई नेतृत्वले गम्भीर रूपमा नलिए परिणाम राम्रो नआउने चेतावनी दिएका छन् ।

मनोनयनको मिति नजिकिएसँगै शखर समूहका नेताहरू भेलामा जुट्न थालेका छन् । यसअघि समानुपातिक सूचीमा असन्तुष्टि जनाउँदै उनीहरूले पार्टीमा संघर्ष गरेका थिए । अन्तिममा आएर कांग्रेसको समानुपातिक सूचीमा केही परिवर्तन गरिएको थियो ।