कर्णाली सरकारले मङ्गलबार नीति तथा कार्यक्रम सार्वजनिक गर्दै

सुर्खेत। कर्णाली प्रदेश सरकारले मङ्गलबार नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएको छ । आर्थिक बर्ष २०७९र०८० का लागि मङ्गलबार सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएको हो ।

आगामी आर्थिक वर्षलाई कर्णाली सरकारले अधुरा आयोजना पुरा गर्ने बर्षका रुपमा लिने बताईएको छ । सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टले यो पहिलो कार्यकालको अन्तिम नीति तथा कार्यक्रम र बजेट रहेको बताए ।

उनका अनुसार विगतका थुप्रै अधुरा योजनाहरुलाई मुर्तरुप दिँदै नयाँ योजना थप्ने र पुराना योजनामा बजेट थपेर ल्याउने तयारी थालिएको छ । यस्तै, यस वर्ष ल्याइने बजेट विगत भन्दा केही घटेर आउने आर्थिक मामिला मन्त्रालयले जनाएको छ ।