महिलाहरुलाई हिजाे भन्दा आज सहज हुँदै गएको छ: कँडेल

सुर्खेत । कर्णाली प्रदेश सभा सदस्य यामलाल कँडेलले महिलाहरुलाई हिजाे भन्दा आज सहज हुँदै गएको बताएका छन् ।

शुक्रबार जननेता मदन भण्डारीकाे ७२ औं जन्म जयन्तीकाे अवसरमा अखिल नेपाल महिला संघले उठाएका मुद्दा र हासिल भएका उपलब्धि विषय अन्तरसंवाद कार्यक्रम कँडेलले अखिल नेपाल महिला संघमा महिलाहरुकाे सहभागीमा वृद्धि हुँदै गएको जानकारी दिए ।

उनले भने,` अझै यति सहभागिताले मात्रै नभएर त्यसमा हाम्रो पार्टीकाे सैद्धान्तिक सहमति छ । त्यसमा विमति हुनु पर्ने छैन । हिजाेकाे तुलनामा हामीले आज केही गरेका छैनौं । अहिले हामी केहि गर्ने ठाउँमा छाैं । त्यसैले हामीले केहि गरेर अगाडि बढ्न पर्छ ।,

अहिले एमाले पार्टीमा रहेका महिलाहरु झस्किनु र तर्सिनु पर्ने नभएको र त्यसबाट सचेत रहेर ईष्र्या, अन्तर विरोध गरेर, पितृसत्तात्मक समाज भनेर, औला ठडाएर त्याे सहभागिता र स्वीकार्यताकाे औचित्य नरहेकाे बताए ।

यस्तै, वीरेन्द्रनगर नगरपालिका प्रमुख माेहनमाया ढकालले नेतृत्व तहमा रहेर सफल नेतृत्व लिने प्रयास गर्दा गर्दै पनि महिलाहरु माथि किन शंका गरिन्छ भन्ने बिषय त्यति कमजोर नभएको बताईन् ।

प्रमुख ढकालले भनिन्,` यसका लागि हामी महिला, पार्टी र शिर्ष नेताहरुले आत्मसात गर्नु पर्ने हुन्छ । देशमा कानुन नबनेको भए सायद तपाईं हामी याे मञ्चमा हुने थियौं कि थिएनौं ? याे साेच्ने पर्ने हाे ।

साथै, अखिल नेपाल महिला संघले उठाएका मुद्दा र हासिल भएका उपलब्धि केन्द्रीय प्रचार विभाग सदस्य टीका विष्टले प्रस्तुत गरेकी थिइन् ।

सहभागीताबाट आएको कार्यपत्र माथिको सुझावलाई अझै समेटेर सुन्दर दस्ताबेज र यो बहुपक्षीय छलफल अनेमसंघले पहिलो पटक गरेको हुँदा यसलाइ निरन्तरता दिने र महिलाका मुद्वाहरु साझा बनाउने अखिल नेपाल महिला संघ कर्णाली प्रदेश संयोजक पदमा खड्काले प्रतिबद्धता जनाइन् ।


सहभागी १९ जनाले कार्यपत्रमा सुझाब दिएका थिए । कार्यक्रममा स्वास्थ्यकर्मी महासंघ कर्णाली प्रदेश संयाेजक अम्मर राना, पार्टी केन्द्रीय सदस्य अनेमसंघ केन्द्रीय सचिव मिना सिंह रखाल र जिल्ला पार्टी इन्चार्ज गाेरख बहादुर बुढा आफ्नो भनाइ राखेका थिए ।