वेलघारी खानेपानीको प्रथम साधारण सभा सम्पन्न 

सुर्खेत । वीरेन्द्रनगरको वेलघारीमा संचालनमा रहेको खानेपानीको प्रथम साधारण सभा सम्पन्न भएको छ ।

कार्यक्रमको प्रमुख अतिथीको रुपमा वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख निलकण्ठ खनाल, विशेष अतिथिका रुमा विरेन्द्रनगर नगरपालिका वडा न. १० का अध्यक्ष डिल व.रखाल वडा सदस्य मनोहरलाल आचार्य, नजेरथ सोसाईटि नवज्योति संस्थाका प्रमुख सिस्टर रोसिटा, हेल्भटास, स्याक नेपाल, लगाएत संघसंस्थाहरुको उपस्थिति रहेको थियो भने संस्थाको अध्यक्ष अकवर खानको अध्यक्षतामा कार्यक्रम सम्पन भएको थियो ।


वीरेन्द्रनगर वडा न. १० को ४ वटा टोलका ५५३ घर धुरीलाई लक्ष्ति गरि एक वर्ष देखि वेलघारी खानेपानी तथा सरसफाई समितीले संचानल ल्याएको थियो । वेलघारी, पदमपुर, गणेशपुर, पशुपतिनगर टोलका २८२ घर धुरीमा धारा जडान भैसकेको छ, भने हाल ३५५ उपभोत्ताहरु रहेका छन् ।

कार्यक्रममा वोल्दै उपप्रमुख खानलले पानी जस्तो सम्वेदनशील विषयमा महत्वपुर्ण काम भैरहेकाले प्रशंसा गदै कुनैपनि वेला सहयोग र सहकार्यका लागि स्थानिय सरकार तपाईहरुको साथमा छ भन्दै सहयोग गर्ने प्रतिवदता पनि व्यक्त गरे । नाजरेथ सोसाइटी नवज्योति केन्द्रले बेलघारीमा एक लाख ३० हजार लिटर क्षमताको ओभरहेड ट्यांकी निर्माण गरिएको हो । अहिले यहाँका नागरिकहरुको घरघरमा दैनिक ६ घण्टा र शनिवार र शुक्रवार भने दैनिक १० घण्टा खानेपानी वितरण गरिँदै आएको छ । २०७९ फागनुदेखि नागरिकहरूका लागि खानेपानी वितरण शुरू गरिएको हो ।

बोरिङ निर्माणमा नगरपालिका र युएनडिपिले थप सहयोग गरेपछि खडेरीमा पनि नागरिकहरुको घर–घरमा नियमित खानेपानी वितरण गर्न सफल भएको बेलघारी खानेपानी तथा सरसफाइ उपभोक्त समितिका अध्यक्ष अकबर खान बताए । ‘टोल टोलमा खानेपानी वितरण गर्न पाइप विछ्याउने कामलाई निरन्तरता दिइरहेका छौं,’ अध्यक्ष खानले भने, ‘अब थप सय घरधुरीमा खानेपानी नियमित पु¥याउन काम भइरहेको छ ।’ उनकाअनुसार अब गणेशटोलमा खानेपानी वितरणका लागि पाईपलाइन वितरण जारी रहेको छ ।

‘बर्खामा पनि यहाँका नागरिकहरूले खानेपानी नपाउने अवस्था थियो । पालो कुर्दा कहिले पानी आउने कहिले नआउने भएपछि ट्यांकी निर्माण गर्न जुटेका हौं,’ खान भन्छन ‘सबैको साथ र सहयोगे बेलघारीमै ओभरहेड ट्यांकी निर्माण सम्पन्न गर्दा आज नागरिकहरूका घर घरमा खानेपानी पुर्याउन सफल भएका छौं ।’ कार्यक्रममा स्थापना देखि सहयोग पुर्याउने नाजेरथ सोसाईटि नवज्योति केन्द्र, वीरेन्द्रनगरनगरपालिका तथा वडा कार्यालय, यूएनडिपि, हेल्भटास, स्याक नेपाल, संघसंस्था तथा व्यतिहरुलाई सम्मान पत्र प्रदान गदै कार्यक्रम समापन भएको थियो ।