आँखा र कानको विशेषज्ञ उपचार अब नलगाडमै

जाजरकोट । जाजरकोटकोे नलगाड नगरपालिकामै अब आँखा र कानको विशेषज्ञ उपचार सेवा पाइने भएकाे छ ।नगरपालिकाले बुधबार  औपचारिक कार्यक्रम आयाेजना गरी आँखा र कानसम्बन्धी राेगहरूकाे उपचार सेवा सुरु गरेकाे प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले जानकारी दिए ।

सदरमुकाममा मात्र केन्द्रित रहेको आँखा र कानको उपचार अब नलगाड नगरपालिकाको प्रशासकीय केन्द्र दल्लीबाट पनि सुरु गरेकाे उनले जानकारी दिए ।नेपाल रेडक्रसद्धारा सदरमुकाममा वषौँ अघिदेखि आँखा र कानको  उपचार सेवा प्रवाह गर्दै आएको थियो ।