सुर्खेत । कर्णाली प्रदेशका १० जिल्लामा प्रहरीले ‘घरघरमा स्टिकर टाँस अभियान’ लाई तिव्रता दिएको छ । हालसम्म प्रदेशका १० जिल्लामा ५० हजार भन्दा बढि घरामा स्टिकर टासेको छ ।
असार ३१ गते कर्णाली प्रदेशका दशवटै जिल्ला प्रहरी कार्यालयले विशेष कार्यक्रमको साथ एकैदिन एकै समयमा उक्त अभियानको सुरुवात गरेका थिए । उक्त अभियानको उद्दघाटन नेपाल सरकारका उपप्रधान तथा रक्षा मन्त्री पूर्ण बहादुर खड्काले गरेका थिए ।
साउन ३१ बाट सुरु गरेको अभियानमा सुर्खेतमा ७ हजार ६ सय दैलेख ३ हजार ९४७, जाजरकोट १ हजार ९७१, सल्यान ४ हजार १, रुकुम पश्चिम ९ हजार ६७४, कालिकोट २ हजार १७६, मुगु १ हजार १४२, जुम्ला २९७, डोल्पा ३ हजार १२, हुम्ला ३८७ गरि जम्मा ५२ हजार २०७ घरधुरीमा स्टिकर टाँस गरिएको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।
कर्णालीका दशवटै जिल्लाका ३ लाख ७१ हजार १२५ घरधुरीमा अबको ३ महिनामा भित्र स्टिकर टाँस गरि अभियान रहेको छ । उक्त स्टिकर टाँस गर्दा घर परिवारसँग सुरक्षा अन्तरक्रिया र घरपरिवारको विवरण पनि राख्न सकिने जनाइएको छ । यस अभियानमा ३ हजार भन्दा बढी प्रहरी परिचालन समेत भएका छन् ।
ए.के. सञ्चार । १० श्रावण २०८०, बुधबार १७:३६