
सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाले ‘हेलो मेयर हटलाइन’ सेवा सुरु गरेको छ।
स्थानीय जनताको गुनासो, सुझाव र उजुरीहरूलाई सहज रूपमा संकलन गरी तिनको समाधानमा ध्यान दिनका लागि हटलाइन सेवा सञ्चालनमा ल्याइएको हाे ।
यस सेवामार्फत नगरवासीहरूले अब निःशुल्क रूपमा टोल फ्री नम्बर १८१०५०००२५२ मा सम्पर्क गरेर सिधै नगरपालिकासँग कुराकानी गर्न सक्नेछन्।
नगर प्रमुख मोहनमाया ढकालका अनुसार जनप्रतिनिधि र जनताबीचको सम्बन्ध अझ बलियो बनाउने उद्देश्यले हटलाइन सेवा सुरु गरिएको हो।

हामीले ‘हेलो मेयर हटलाइन’ सेवा सुरु गरेका छौं, नगरप्रमुख ढकालले भनिन्,`जसको नम्बर हो १८१०५०००२५२ यस सेवामार्फत नगरवासीहरूले सिधै आफ्नो गुनासो, सुझाव वा उजुरी हामीसम्म पुर्याउन सक्नुहुन्छ। यसले हाम्रो सेवा प्रवाहलाई अझ प्रभावकारी र उत्तरदायी बनाउने विश्वास लिएका छौं।`
नगरपालिकाका अनुसार गुनासा प्राप्त भएको २४ घण्टाभित्र प्रारम्भिक जानकारी तथा आवश्यक कार्य अगाडि बढाइनेछ।
हटलाइन सेवा हाल कार्यदिवसमा बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म सञ्चालन हुने जनाइएको छ।
