सुर्खेत । कर्णाली प्रदेश सरकारले ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा ज्यान गुमाएका दैलेखका सुजन रावतको परिवारलाई २ लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ ।
प्रदेश सरकारले रावतका परिवारलाई २ लाख रुपैयाँ दिने घोषणा भएको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानून मन्त्री कृष्णबहादुर जिसीले जानकारी दिए ।
उनले भने, ‘घोषणा गरिएको छ । तर, स्वीकृत गर्न बाँकी छ । अब आउने मन्त्रिपरिषद्ले स्वीकृत गर्ने गरी घोषणा गरिएको छ ।’



			प्रकाशित मिति : २०८० पुस १७ गते मंगलबार
		
	
              







