सुर्खेत । सुर्खेतमा जारी ३४ औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा विभागीय नेपाल पुलिस क्लबलाई पराजित गर्दै साविक विजेता नेपाल एपिएफ सेमिफाइनलमा प्रवेश गरेको छ ।
सोमबार भएको खेलमा एपिएफले पुलिसलाई ३–१ को सेटमा पराजित गरेको हो । पहिलो सेटमा एपिएफले २५–१७ ले जित सफल भयाे भने दोस्रो सेटमा एपिएफले १२–२ को सहज अग्रता लिएको थियो ।
एपिएफले २५–१५ को सहज जित निकाल्यो सफल भयाे । तेस्रो सेटमा भने पुलिसले २५–२२ ले खेललाई कायमै राख्न सफल भयाे । चौथो सेटमा भने एपिएफले अन्तिम समयतिर अग्रता लिदै २५–२० को जित निकाल्न सफल भयो । एपिएफले ३ खेलबाट ९ अंक जोडेको छ ।
साथै आजै भएकाे खेलमा सुदूरपश्चिम प्रदेशले सान्त्वना जित प्राप्त गरेको छ । आज भएको दोस्रो खेलमा सुदूरपश्चिमले कर्णाली प्रदेशलाई ३-१ ले सेटमा हराएको थियो । सुदूरपश्चिमले प्रतिस्पर्धात्मक खेलमा कर्णालीलाई २५-२१,२१-२५, २५-१८ र २५-२३ ले हराएको थियो । तसर्थ सुदूरपश्चिम प्रतियोगिताबाट बाहिरिएको छ ।
एक खेल जितेको कर्णालीले अन्तिम खेलमा गण्डकी प्रदेशको सामना गर्नेछ। समूह ‘बी’मा गण्डकी र त्रिभुवन आर्मी क्लबको समान ६ अंक छ । सुदूरपश्चिमको ४, कर्णालीको ३ र मधेशको १ अंक छ ।
साथै, आजै भएको समूह ‘ए’ पहिलो खेलमा लुम्बिनी प्रदेशले कोशी प्रदेशलाई ३-१ ले हराएको थियो। दोस्रो खेलमा लुम्बिनीले कोशीलाई २५-१५,२१-२५,२५-१३ र २५-२१ ले हराएको थियो ।
यस्तै, गण्डकी प्रदेशलाई सोझो सेटमा पराजित गर्दै त्रिभुवन आर्मी क्लब एक खेल बाँकी रहदा सेमिफाइनलमा प्रवेश गरेको छ ।
आर्मी समूह ‘बी’ ले लगातार तीन जित निकाल्दै अन्तिम चार स्थान ओघट्न सफल भएको छ । मंगलबार (भाेलि) आर्मीले मधेश प्रदेशलाई पराजित गरेमा समूह विजेता बन्नेछ । गण्डकीले पनि कर्णाली प्रदेशलाई पराजित गरेमा समूह उपविजेता बनेर सेमिफाइनलमा पुग्नेछ ।
आर्मीले गण्डकीलाई ३–० को सोझो सेटमा पराजित गरेको छ । प्रतिस्पर्धात्मक बनेको पहिलो सेटमा आर्मीले ३१–२९ ले विजयी हुन सफल भएको छ । दोस्रो सेटमा २५–२१ को जितेकाे आर्मीले तेस्रो सेट २५–२१ ले आफ्नो पक्षमा पार्दै जित निकाल्न सफल भएकाे हाे ।
अपराजित रहेको आर्मीको तीन खेलबाट ९ अंक पुगेको छ । पहिलो हार बेहोरेको गण्डकीको ३ खेलबाट ६ अंक प्राप्त गरेकाे हाे ।
समूह ‘ए’ मा पुलिस, एपीएफ, लुम्बिनी, बागमती र कोशी छन् । समूह ‘बी’ मा आर्मी, गण्डकी, कर्णाली, सुदूरपश्चिम र मधेश छन् । प्रतियोगितामा हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनल खेल्नेछन् । नेपाल भलिबल संघको आयोजनामा उक्त प्रतियोगिता पुस २६ सम्म सञ्चालन हुनेछ ।
ए.के. सञ्चार । २३ पुष २०८०, सोमबार १९:३९