सुर्खेत । तरुण दलका जिल्ला सदस्य विनोद गिरीलाई गोली हानेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ ।
वीरेन्द्रनगर-१ कालागाउँ देउती थाननजिकै गएराति ९ बजेतिर भएको घटनामा गिरी चढेको गाडीमा क्षति पुगेको प्रहरीले जनाएको छ ।
गोली हानेको आरोपमा पक्राउ गरिएका चारजनालाई आज दिउँसो पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने डीएसपी लक्ष्मण शाहीले नेपाल प्रेसलाई बताए । उनीहरूको परिचय प्रहरीले खुलाएको छैन ।
गिरी लक्षित गोली हान्ने भारतीय सुटर भएको स्रोतले बतायो ।
प्रहरीले घटनास्थलबाट कटुवा पेस्तोल, गोलीको खोका र १ थान मोटरसाइकल नियन्त्रणमा लिएको थियो ।
ए.के. सञ्चार । १३ फाल्गुन २०८०, आईतवार १२:४८