नयाँ सेवाका साथ फेसियल हाउसको शाखा अब सुर्खेतमा

सुर्खेत । काठमाडौंमा रहेको ख्यातिप्राप्त फेसियल हाउसको शाखा सुर्खेतमा असोज २१ गतेबाट सञ्चालनमा आउने भएको छ। सुर्खेतका युवा व्यापारीहरु विशाल ढकाल, उपेन्द्र खडका, डम्मर गौतम सहितको टिमले उक्त शाखा सञ्चालनमा ल्याउन थालेका हुन् ।

शाखाको असोज २१ गते घटस्थापनाको दिन उद्घाटन हुने भएको छ । करिब १३ वर्ष देखि काठमाडौं लगायत पोखराबाट समेत सेवा दिईरहेको चर्चित फेसियल हाउसको शाखा वीरेन्द्रनगर सुर्खेतको न्यूरोड बाट सञ्चालनमा आउने भएको हो।

शाखाका सञ्चालक विशाल ढकालले उच्च प्रविधिको फेसियल हाउस कर्णालीमा नभएको भन्दै सुर्खेतका नागरिकहरुका लागि सम्बन्धि रिसर्च सहितको व्यावस्था गरि उपयुक्त र गुणस्तरीय रुपमा सेवा दिन उक्त फेसियल हाउस सञ्चालनमा ल्याउन लागेको ढकालले बताए ।

शाखाबाट हेयरकटिङ्ग, कलरिङ्ग लगायत फेसियल सम्बन्धी सम्पुर्ण सेवा दिने उनले बताए ।