मुख्यमन्त्री कँडेलले बाेलाए सर्वदलिय बैठक

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सर्वदलीय बैठक बाेलाएका छन्। कर्णालीकाे समग्र विकास र समृद्विमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूबीच साझा धारणा बनाउने भन्दै मुख्यमन्त्री कडेलले जेठ ४ गते सर्वदलीय बैठक बाेलाएका हुन् ।

समृद्वि र विकास सबैकाे साझा सराेकारकाे बिषय हाे, एक्ला एक्लै हिडनु भन्दा सबै राजनितिक दलहरूबीचकाे साझा सहमति खाेज्ने उदेश्यले सर्वदलिय बैठककाे आयाेजना गरिएकाे मुख्यमन्त्री कँडेलले बताए ।

उनका अनुसार प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका प्रदेश अध्यक्षसहित ३ जना र दलका नेता वा प्रमुख सचेतकलाई बैठकमा सहभागिताका लागि आमन्त्रण गरिएकाे छ ।

प्रदेशसभामा नेपाली कांग्रेस, माओवादी केन्द्र, एमाले, एकिकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रतिनिधित्व छ।

कर्णाल प्रदेदेश सरकारले जेठ महिनामा नीति कार्यक्रम र असार १ गते बजेट ल्याउने नितिगत व्यवस्था छ