सुर्खेतमा निषेधाज्ञा केही खुकुलो पारी एकहप्ताका लम्ब्याइयो

सुर्खेत । सुर्खेत जिल्ला प्रशासन कार्यालयले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको सिफारिसमा असार १७ गतेसम्म निषेधाज्ञा थप गर्ने भएको छ । सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले निषेधाज्ञा केही खुकुलो पारी एकहप्ताका लागि थप्ने तयारी भइरहेको बताए ।

कोरोना नियन्त्रणका लागि जिल्ला प्रशासनले वैशाख १४ गते देखि लागू गरेको निषेधाज्ञालाई निरन्तरता दिइएको हो । थप गरिएको निषेधाज्ञामा खाद्य सामग्री, निर्माण सामग्री, हार्डवेयर, इलेक्ट्रोनिक्स र भाँडाबर्तनका पसलसंँगै पुस्तक, स्टेसनरी, कपडा तथा फेन्सी पसल र टेलरिङ सेन्टरहरू बिहान ६ बजेदेखि २ बजेसम्म खोल्न पाइने सहायक प्रमुख जिल्ला अधिकारी महतले बताए ।

यसै गरी बिमा, बैंक तथा वित्तीय सेवा तथा सरकारी कार्यालयहरूले पनि सेवा सुचारू गर्ने र मानिसको भिडभाड हुने सभा, सम्मेलन गोष्ठी, तालिम सेमिनार, सिनेमाहल पार्टी प्यालेस, खेलकुद आदि सञ्चालन गर्न लगाइएको रोक यथावत् छ ।