कर्णालीमा पनि गाइजात्रा नगर्न आग्रह: जीवनबहादुर शाही

सुर्खेत । कर्णाली प्रदेश नेपाली काँग्रेसका संसदीय दलका नेता जीवनबहादुर शाहीले केन्द्रमा गाइजात्रा भयाे भन्दैका कर्णालीमा पनि गाइजात्रा नगर्न आग्रह गरेका छन् । शनिबार भएको प्रदेश सभाकाे पाँचौ स्थापना दिवसकाे अवसरमा आफ्ना भनाइ राख्दै शाहीले संसद, संसदीय व्यवस्था र संघीयतामा आइसकेपछि आज्ञापालक भएर अगाडि बढेपछि व्यवस्था अगाडि बढाउन नसक्ने धारणा व्यक्त गरे ।

शाहीले भने, कर्मचारी नपठाउने, लाेकसेवाले सुचना निकाल्न लाग्याे भने मुद्दा हाल्दिहाल्छने प्रदेश हाे ।´ उनले भने, ´ कर्णाली कस्तो प्रदेश हिउँद हिउँ पर्ने बर्खा पानी पर्ने दुई सिजनलाई छलेर काम गर्नु पर्ने प्रदेश हाे ।` क्याविनेटले ८ मन्त्रालयलाई घटाएर ७ मन्त्रालय बनाए पनि मैले त ८ मन्त्रालय देख्छु । संख्यामा कम भएपनि खर्च त कटौती भएको छ ।

शाहीले प्रदेश सरकारका मुख्यमन्त्रीलाई राजकुमार शर्मालाई लक्षित गर्दै जबसम्म समयमै हिड्न सक्दैनौं धेरै नराम्रा गर्याे हाेला, राम्रो गर्याै हाेला त्यसलाई अनुभवी र अनुसरण गर्ने बानी तपाईं हामीले राख्यौं भने प्रदेश पक्कै सप्रेला र अगाडि बढ्ला ।´