सुर्खेत । राष्ट्रिय युवा प्रतिभा सम्मान–२०८१ बाट युगआह्वान राष्ट्रिय दैनिक पत्रिकाका प्रकाशक तथा सम्पादक दीपककुमार बुढा क्षेत्री सम्मानित भएका छन् । युवा तथा खेलकुद मन्त्रालयबाट उनी सम्मानित भएका हुन् ।
लघु उद्यम, शिक्षा र रोजगारीको क्षेत्रमा अनुकरणीय कार्य गरी नेपाली युवामा सिर्जनशिलता, उद्यमशिलता र सकारात्मक सोच प्रवाहित गर्न योगदान पु¥याएकाले यसको उच्च मुल्याङ्कन गर्दै सम्मानपत्र प्रदान गरिएको छ ।
बुढालाई युवा तथा खेलकुदमन्त्री विराज भक्त श्रेष्ठले जनही १ लाख रुपैयाँसहित राष्ट्रिय युवा प्रतिभा पुरस्कार २०८१ बाट सम्मानित गरेका छन् । युवा तथा खेलकुद मन्त्रालयले सिंहदरबारस्थित मन्त्रालयमा आयोजना गरेको एक समारोहमा सो पुरस्कार प्रदान गरेको हो ।
मन्त्रालयले हरेक वर्ष विभिन्न विधामा राष्ट्रिय युवा प्रतिभा सम्मान प्रदान गर्दै आएबमोजिम यस वर्ष यो पुरस्कार प्रदान गरेको हो ।
ए.के. सञ्चार । २७ असार २०८१, बुधबार १६:२९