खोलाले बगाएको तीन दिनपछि किशोरीको शव फेला

दैलेखको चौराठी खोलाले बगाएको तीन दिनपछि किशोरीको शव फेला परेको छ ।

नौमूले गाउँपालिका–६ सल्लेरीको भलायडाँकी १३ वर्षीया प्रमिला मल्ल चौराठीको शव खोलामा फेला परेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक सुनिल दाहालले जानकारी दिए ।

भलायडाँडाबाट श्रीमेला बनमा बाख्रा गोठाला गएकी मल्ल घाँस काटिरहेका बेला चिप्लिएर खोलामा खसेकी थिइन् ।