बढ्यो सुनको मूल्य

  ।   ८ भाद्र २०७९, बुधबार ११:५१

काठमाडौं । सुनको मूल्य प्रतितोलामा ३०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुन प्रतितोला ३०० रुपैयाँले बढेर ९५ हजार ३०० मा किनबेच भइरहेको छ । मंगलबार छापावाल सुनको मूल्य ९५ हजार रुपैयाँ थियो ।

बुधबार ९४ हजार ८०० रुपैयाँ मूल्य रहेको तेजाबी सुनको ९४ हजार ५०० मा किनबेच भएको थियो ।बुधबार चाँदीको मूल्य ५ रुपैयाँले बढेर १ हजार १६५ रुपैयाँ पुगेको छ । मंगलबार यसको मूल्य १ हजार १६० रुपैयाँ थियो ।

Next Post

बिरामी पशुको उपचारका लागि चिकित्सक परिचालन

८ भाद्र २०७९, बुधबार ११:५१
जाजरकोट। चरिचरनका लागि पाटन क्षेत्रमा रहेका पशुचौपायहरू धमाधम बिरामी हुन थालेपछि जाजरकोट बारेकोट गाउँपालिकाले चिकित्सक परिचालन गरेको छ । पशुपालन पेशालाई मुख्य बनाएर दैनिक घर व्यवहार चलाउँदै आएका बारेकोट गाउँपालिकाका स्थानीयवासीका पशु चौपायहरू बिरामी भएपछि समस्या उत्पन्न भएको खबर पाएलगत्तै गाउँपालिकाले पशु शाखाका प्रमुख गोविन्दबहादुर सिंहको नेतृत्वमा चिकित्सक परिचालन गरेको हो । किसानहरूले […]