दैलेखमा पौडी खेल्नेक्रममा दुई किशोरीको डुबेर मृत्यु

सुर्खेत । दैलेखकाे महावु गाउँपालिका-३ स्थित छामघाट खाेलामा पौडी खेल्नेक्रममा दुई किशोरीको डुबेर मृत्यु भएको छ ।

शुक्रबार बाख्रा चराउन गएका उनीहरु छामघाट खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्युु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक दीपेन्द्र मगरातीले जानकारी दिए ।

मृत्यु हुनेमा महाबु गाउँपालिका-३ अमार्सेकी अन्दाजी १४ वर्षीय भावना बुढा र अन्दाजी १६ वर्षीय सपनाकुमारी बुढा रहेकाे प्रहरी निरीक्षक मगरातीले बताए ।