काँग्रेसका नेताहरु काठमाडौंमा भएकाले सरकारले पूर्णता पाउनमा ढिलाइ हुने : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सत्ता साझेदार दलका नेताहरु काठमाडौं भएकाले सरकारले पूर्णता पाउनका ढिलाइ हुने बताएका छन् ।

सत्ता साझेदार दलका नेताहर आन्तरिक छलफलमा व्यस्त रहेकोले पूर्णता पाउनमा ढिलाइ हुने बताएका हुन् ।

शुक्रवार पत्रकार भेटघाटमामा उनले भने,ञ सहयात्री दलका साथीभाईहरु आन्तरिक छलफलमा व्यस्त हुनुहुन्छ, प्रदेश सभामा १४ जना मध्ये बैठकमा ४ जनाको उपस्थिति थियो । त्यसले गर्दा बैठक नै सारियो । म यहाँ छु साथीभाइ काठमाडौं हुनुहुन्छ । उस्तै परे म काठमाडौं भेट्न जानू पर्ने हो कि ?

कँडेलले नेपाली काँग्रेसका नेताहरुसँग नियमित कुराकानी र छलफल भइरहेको जानकारी दिए । एमाले–कांग्रेसको सत्ता साझेदारी नयाँ तरिकाले अघि बढाइने उनले बताए ।

उनले भने,`अहिलेसम्मको प्रचलन खाली ठाउँ भर्ने कि भन्ने छ, तर मेरो बिचार अनुसार दुई दलको छलफलबाट नयाँ स्तरबाट हुन्छ । यो खाली ठाउँ भर्ने होइन् छलफल गर्ने हो । नयाँ टुङ्गो लगाएर अगाडि बढ्न् परिस्थिति छ ।

यो एकल यात्रा नभएर सामूहिक यात्रा भएको कँडेलले बताएका छन्। उनले सामूहिक यात्रा सोचेभन्दा फरक भएको भनाइ राखे ।