कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा

सुर्खेत । कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा दिइएको छ । साउने संक्रान्ति तथा देउडा पर्वको अवसरमा कर्णाली प्रदेश सरकारले साउने १ गते शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार सार्वजनिक बिदाका कारण प्रदेशका सबै सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था, बैँक तथा वित्तिय संस्थाहरु बन्द रहनेछन् ।