वीरेन्द्रनगरमा हावाहुरीले क्षती (फाेटाे फिचर)

सुर्खेत । वीरेन्द्रनगरमा शुक्रबार दिउँसाे करिव २ बजे  आएकाे हावाहुरीले क्षती पुराएकाे छ । वीरेन्द्रनगरका सडक छेउछाउमा रहेका काईयाे सल्लाका रुखहरु ढलेका छन् ।
हावाहुरीले रुख ढल्दा वीरेन्द्रनगर-८ काेे धमलाचाेककाेे एक घरमा क्षती पुराएकाे हाे । धमलाचाेकमा नन्दा धमलाकाे घुम्टि र घरकाे झ्यालमा क्षती पुगेको छ ।
यस्तै वीरेन्द्रनगर नगरपालिका–६ मा रहेको रेडियो सुर्खेत एफएमको टावर ढलेको छ । हावाहुरीले टावर ढलेपछि हाल एफएम बन्द भएको छ । वीरेन्द्रनगरका विभिन्न ठाउँमा हावाहुरीले विधुतका पाेल ढलेका छन् ।