सुर्खेतमा दुई छुट्टाछुट्टै सडक दुर्घटनामा एककाे मृत्युु ११ जना घाइते

सुर्खेत । सुर्खेतमा दुई छुट्टाछुट्टै सडक दुर्घटनामा परी एक जनाकाे मृत्युु ११ जना घाइते भएका छन् ।

बुधबार वीरेन्द्रनगर नगरपालिका-८, स्थित इत्राम खोलामा ३२ जना विद्यार्थी बोकेर हिँडेको डिभि निकेतनको बस खोला तर्ने क्रममा चिप्लिएर दुर्घटनामा हुँदा ११ जना विद्यार्थी घाइते भएका हुन् ।

घाइते एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए ।

बस स्कुल बिदा भए घर फर्किँदै थियो । घाइतेहरुको उद्दार गरी स्थानीय देउतीमा उपचार भइरहेको छ ।

यस्तै, सुर्खेतको लेकवेशी नगरपालिका-३, स्थित काप्रीखोला नजिक भदन भण्डारी राजमार्गमा ट्रकले अटो रिक्सालाई ठक्कर दिदा चालकको मृत्यु भएको छ ।

बुधबार दिउसो लेकवेशी नगरपालिका-४, को दशरथपुरदेखि -१ लेखफर्सा तर्फ जाँदै गरेको मदेश प्रदेश ०३००१ क २४९१ नम्वरको ट्रकले विपरित दिशाबाट आईरहेको भे १ ह ६६७५ नम्वरको अटो रिक्सालाई ठक्कर दिएको थियो ।

ट्रकको ठक्करबाट अटो चालक ४८ वर्षीया डिलबहादुर डडालीको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

घटनास्थलमा ट्रक र ट्रक चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।