एमाले कर्णाली प्रदेश अध्यक्ष शाहबारे भएको चर्चा अनुचित छ: महासचिव पाेखरेल

सुर्खेत । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीका कर्णाली प्रदेश अध्यक्ष गुलाबजंग शाहबारे कुनै उजुरी नरहेको प्रष्ट्याएका छन् ।

कर्णाली आइपुगेका महासचिव पोखरेलले सुर्खेत विमानस्थलमा पत्रकारमाझ उनको बारेमा गरिएको कुप्रचार अनुचित भएको बताए । गुलाबजंगबारे कथा बुनिएको उनको भनाइ थियो ।

व्यक्ति स्वयंले भेटेर मैले त्यसो भनेको छैन भनेका छन् । त्यस्तो कथा बनाउन जरुरी छैन । के हो कुरा भनेर बाहिर आइहाल्छ नि कथा बनाउन जरुरी छ र ? यस्ता अनावश्यक विषयमाथि समाजलाई भ्रमित बनाउने खालका कुरा गर्नुहुँदैन ।