२४ घण्टामा १ हजार ९५ जनामा काेराेना पुष्टि, ८ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार ९५ जनामा  काेराेना भाइरस संक्रमण पुष्टि भएकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ७८६ पीसीआर परीक्षणमा ९७५ जना र ३ हजार ३१ एन्टिजेन परीक्षणमा १२० जना गरी १ हजार ९५ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा २ हजार ९५७ जना संक्रमणमुक्त भएका छन् । यो संख्या पछिल्लो २४ घण्टामा देखिएका संक्रमितको संख्याको दोब्बर भन्दा बढी हो । त्यस्तै कोरोना संक्रमणका कारण ८ जनाको मृत्य भएको छ ।

देशभर सक्रिय संक्रमितको संख्या २२ हजार ३२३ रहेको छ । जसमध्ये २० हजार ८९१ जना होम आइसोलेसनमा र १ हजार ४३२ जना संस्थागत आइसोलेसनमा छन्। कोरोनाका बिरामीमध्ये ३७१ जना आईसीयू र १०८ जना भेन्टिलेटरमा उपचाररत् छन् ।