दैलेखमा अनेरास्ववियूका सचिवालय सदस्य र जिल्ला अध्यक्ष एमालेमा प्रवेश

सुर्खेत । यहि बैशाख ३० गते आसन्न स्थानीय तहको निर्वाचन हुँदै छ ।  निर्वाचन  नजिकिदै गर्दा गठबन्ध जोड्ने, तोड्ने र पार्टी प्रवेश गर्ने क्रम जारी छ । त्यस्तै नेकपा (एकीकृत समाजवादी) पार्टी दैलेखकी जिल्ला कमिटी उपसचिव अमृता लामिछाने मगरले  एकीकृत समाजवादी  पार्टी त्यागेर नेकपा एमालेमा प्रवेश गरेकी छन् ।

एकीकृत समाजवादी भित्र एकलौटी रुपमा निर्णय गर्ने प्रचलन तथा दक्षिणपन्थी भएको र कम्युनिष्ट आन्दोलन कमजोर भएको भन्दै आफुले एमालमा प्रवेश गरेको उनी बताउँछिन् ।बाटो बिराएर अन्यत्र गएकाहरुलाई पनि एमालेमै फर्किन उनको आग्रह छ ।

उपसचिव मगरसहित एकीकृत समाजवादी का जिल्ला कमिटी सदस्य एवम् अनेरास्ववियू केन्द्रीय सचिवालय सदस्य रवीन्द्र प्रसाद पाण्डेसँगै अखिल जिल्ला अध्यक्ष रोहित लामिछाने मगर पनि एमामा प्रवेश गरेका थिए । उपसचिव मगरले आफुहरु ढिलै भएपनि आफ्नै मूलघरमा फर्किएको बताइन् । उनले केही अलमलमा परेर बाटो बिराएर सत्ताविना एकक्षण बाहिर बस्न नसक्ने समूहमा गएको जिकिर गरिन् ।