ठाकुरबाबामा मोटरसाइकल दुर्घटना : एकको ज्यान गयो, दुई घाइते

बर्दिया l पुर्व पश्चिम राजमार्ग अन्तर्गत बर्दियाको ठाकुरबाबा नगरपालिका २ बलाती चोक नजिकै एक आपसमा मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुई जना घाइते भएका छन् ।

सोमबार दिउँसो ठाकुरबाबा नगरपालिका २ बलाती चोकदेखि सय मिटर पश्चिम तर्फ आपसमा दुई वटा मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा ठाकुरबाबा नगरपालिकाका आधारभुत नगर अस्पतालमा कार्यरत सिअहेव अधिकृत छैठौ पदमा कार्यरत ठाकुरबाबा नगरपालिका वडा न २ रानीपुरका ५२ वर्षिय दिप बस्नेतको ज्यान गएको इलाका प्रहरी कार्यालय भुरीगाउँले जनाएको छ ।

पुर्व पश्चिम राजमार्ग अन्र्तगत पुर्वबाट पश्चिम तर्फ गइरहेको भे ११ प ४७३८ नम्बरको मोटरसाईकल र विपरित दिशाबाट आएको भे ११ प ८२९२ नम्बरको मोटरसाईकल आपसमा ठोक्किँदा दुर्घट्ना भएको हो।

दुर्घटनामा ठाकुरबाबा नगरपालिका २ बलाती गाउँका ७५ वर्षिय दान बहादुर खड्का र अम्बासा गाउँका २१ वर्षिय दिपेश गिरी घाइते भएको प्रहरीले जनाएको छ । घाइते दुवै जनालाई नेपालगञ्ज पठाईएको भुरिगाउँ ईलाका प्रहरी कार्यालयले जनाएको छ । दुर्घटमा ज्यान गुमाएका बस्नेतको शवलाई पोष्टमार्टमका लागि गुलरिया लगिएको प्रहरीले जनाएको छ ।