भोलि सार्वजनिक बिदा

काठमाडौं । सरकारले मंगलबार (भाेलि) सार्वजनिक बिदा दिने भएको छ । गृह मन्त्रालयलले विज्ञप्ति निकालेर मुस्लिम धर्मावलम्बीहरुको पर्व ईद (ईद उल फित्र) को अवसरमा मंगलबार सार्वजनिक बिदा दिएको जनाइएकाे छ ।

‘मुस्लिम धर्मावलम्बीहरुको पर्व ईद (ईद उल फित्र) का दिन सार्वजनिक बिदा दिने व्यवस्था गरेको छ ।

साेमबार (आज) एक सूचना प्रकाशित गरेर मंगलबार ईद परेको हुनाले मुस्लिम आयोगकाे सिफारिसका आधारमा गृह मन्त्रालयले सार्वजनिक बिदाको सूचना जारी गरेको हो ।

सुचना