सुर्खेत । प्रेस चौतारी नेपाल कर्णाली प्रदेशकाे अध्यक्षमा प्रेमराज सिम्खडा सर्वसम्मत चयन भएका छन् ।

आइतबार कर्णाली राजधानी वीरेन्द्रनगरमा भएको दाेस्राे अधिवेशनबाट सिम्खडा अध्यक्षमा चयन भएका हुन् ।
यस्तै, उपाध्यक्षमा सीता वली (सुर्खेत) र हिक्मत नेपाली (दैलेख), महासचिवमा ओमबहादुर शाही (सुर्खेत), सचिवमा जगतजनाला विक (सुर्खेत), नौरेते नेपाली (जुम्ला), कमल बुढा (डोल्पा), झक्कुप्रसाद शर्मा (सल्यान), कालीबहादुर बुढा (जाजरकोट) र सरेश परियार (हुम्ला) र काेषाध्यक्षमा गिता थापा (सुर्खेत) चयन भएका छन्।

ए.के. सञ्चार । ४ फाल्गुन २०८१, आईतवार १४:४२