दैलेखकी कृष्णाकाे लेबरीदेखि अटो चालकसम्मको संघर्षमय यात्रा

सुर्खेत । दैलेखको नारायण नगरपालिका–३ भूर्ति गाउँकी कृष्णा नेपालीको पछिल्लो समय दैनिकी फेरिएको छ । केही महिना अघिसम्म सिमेन्ट, बालुवासँगपौठे जोरी गर्ने उनका हात अहिले स्टेरिङ घुमाउन व्यस्त छन् ।

उमेरले दुई दशक नाघेकी कृष्णाको जीवनदुःखका सन्दुकले भरिएको छ । कलिलो उमेरमा परिपक्व देखिने उनी दैलेखमा एक मात्र महिला अटो चालक हुन् ।

मध्यमवर्गीय परिवारमा जन्मिएकी कृष्णाले माध्यमिक तह (कक्षा–१०) सम्म अध्ययन गरेकी छन् । घरको आर्थिक अवस्थाले थेग्न गाह्रो हुँदा उनले बीचैमा पढाइलाई बिट मार्नु परेको हो । ‘हामी हुँदा खाने परिवार हौँ । बुवाको काला पहाडको कमाइले पढाई खर्च धान्न सकेन । लेबरी गर्दै जेनतेन कक्षा–१०सम्म अध्ययन गरेँ । परिवारको गर्जो टार्नेदेखि भाइ–बहिनीको पढाइसम्म बुबाको काँधमाथियो ।’ कृष्णाले भनिन् ।

पछिल्ला वर्षहरूमा बिदेसिने युवा÷युवतिको संख्या बढ्दो छ । तर, कृष्णा भने सिपसिकेपछि आफ्नै ठाउँमा मनग्य आम्दानी गर्दै आएकी छन् । दृढ इच्छाशक्ति हुँदा सफलता हासिल गर्न सकिन्छ भन्ने उदाहरण बनेकी उनका हात अटोको स्टेरिङ घुमाउनमा व्यस्त छन् । विदेशीएकाले पाएको दुःखको खबर सुन्ने उनी आफ्नो पेसाप्रति सन्तुष्ट छिन्।

उनलाई अहिले जीवन चलाउन सहज छ । उनीसँगै पढेका साथीहरू राम्रो कमाई हुने आशामा बाहिरी मुलुक (विदेश) गएका छन् । तर, कृष्णा साहसले आफ्नै ठाउँमा स्वरोजगार छन् । उनलाई लेबरी भन्दा अटो चलाउनसहज छ । कर्मले सफलता हात पार्न सकिन्छ भन्ने भनाइलाई सार्थक पार्दै उनले अहिले महिनामा स्थानीय स्तरमा तीस हजार बढी आम्दानी गर्दै आएकी छिन् ।

अन्य साथीहरू जस्तैः कृष्णालाई बिदेसिने बाध्यताले नघेरेको होइन । परिवारको आर्थिक अवस्थाले उनलाई बाहिरी मुलुक जाने बाटो देखाएन । घरको आर्थिक अवस्था कमजोर भएकाले सिमेन्ट र बालुवासँगको आत्मियताउनको मानस पटलमा ताजै छ । उनले भनिन्, ‘पैसा हुने परिवारका साथीहरू राम्रो कमाई हुने भन्दै विदेशिए । गरिबीका कारण मलाई बालुवा र सिमेन्टसँग पौठेजोरी गर्नुपर्ने बाध्यताथियो ।’

अहिले कृष्णा दैलेखमा स्थापित अटो चालक हुन् । घरको आर्थिक अवस्था कमजोर हुँदा लेबरी काम गर्न बाध्य बनेकी उनलाई अटो चलाउन केही विशेष ज्ञान थिएन । कृष्णालाई म सक्छु भन्ने विश्वास थियो । ‘महिला केही गर्न सक्दैनन् भन्ने ग्रामीण समाजमा भाष्य कायम छ । महिलाले देशचलाउन सक्छन्, अटो चलाउनु सामान्य हो । विश्वासले लागेँ, जाँगरले सफलभए ।’ कृष्णाले बहकिँदै भनिन् ।

महिला केही गर्न सक्दैनन् भन्ने ग्रामीण समाजमा भाष्य कायम छ । महिलाले देश चलाउन सक्छन्, अटो चलाउनु सामान्य हो । विश्वासले लागेँ, जाँगरले सफल भए । हुने आम्दानीले अटो खरिद गर्दा लागेको ऋणको महिनामा १८ हजार किस्ता तिर्दै आएको छु। स्वदेशमा कामपाइँदैन भन्दै बिदेशिनु भन्दा सिप सिकेर यहीँ मनग्य आम्दानी गर्न सकिन्छ ।

अटो व्यवसायमा आरम्भ गर्दाका दिनमा उनलाई थुप्रै आर्थिक कठिनाइहरू आइन परेका होइनन् । उनले भनिन्, ‘ऋणमा अटो खरिद गरेकी हुँ,अहिले मासिक १८ हजार रुपैयाँ किस्ता तिर्दै आएकी छु । बचेकोले घर खर्च र भाइलाई पढाउनपुगेको छ ।

विदेशिनु भन्दा सिप सिके पछि आफ्नै ठाउँमा स्वरोजगार बन्न सकिन्छ ।’ कृष्णा आँट र साहसले थालेको व्यवसाय प्रति सन्तुष्ट छिन् । दृढ इच्छा शक्ति हुँदा सफलता हासिल गर्न सकिन्छ भन्ने उदाहरण बनेकी उनले महिलाले आफूलाई सक्षम बनाउन सक्छन् र पुरुष, महिलाको बीचको भेदभावलाई तोड्न सक्छन् भन्ने भनाइलाई सार्थकता प्रदान गरेकी छिन् । विदेशिएकाले पाएको दुःख सुनेकी उनीआफ्नै ठाउँमा अटो व्यवसायमार्फत आम्दानी बढाउँदै सन्तुष्ट छिन् ।