कर्णाली सरकारले तीन महिनापछि पायाे पूर्णता

सुर्खेत । कर्णाली प्रदेश सरकारले गठन भएको तीन महिनापछि पूर्णता पाएको छ । मुख्यमन्त्री जीवनबहादुर शाहीले पाँच जना मन्त्रीहरूलाइ नियुक्तीका लागि प्रदेश प्रमुखकाे कार्यालयमा सिफारिस गरेका थिए ।

नवनियुक्त मन्त्रीहरूमा नेपाली काँग्रेसबाट यज्ञबहादुर बुढाक्षेत्री र हिमबहादुर शाही नियुक्त भएका छन् । बुढाक्षेत्रीलाइ सामाजिक विकास र शाहीलाइ आन्तरिक मामिला तथा योजना मन्त्रालयकाे जिम्मेवारी दिइएकाे छ ।

यस्तै नेकपा माओवादी केन्द्रले गैरसांसद हुम्लाका कार्चेन लामा र गणेशप्रसाद सिंह पनि मन्त्रीमा नियुक्त भएका छन् । लामालाइ उद्याेग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र सिंहलाइ जलस्रोत तथा ऊर्जा मन्त्रालयकाे जिम्मेवारी दिएकाे छ । नेकपा एकीकृत समाजवादीका सांसद पदमबहादुर राेकायालाइ भने भाैतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयकाे जिम्मेवारी दिइएकाे छ ।