२०८२ कात्तिक १ , शनिबार

अमरदीप क्याम्पस स्ववियु निर्वाचनकाे अध्यक्ष रावल निर्वाचित




सुर्खेत । अमरदीप क्याम्पस, सुर्खेतमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन २०८१ को मत परिणाम सार्वजनिक गरिएको छ।

निर्वाचन अधिकृत लोक प्रसाद ढकालद्वारा जारी नतिजा अनुसार, अध्यक्ष पदमा विशाल रावल निर्वाचित भएका छन्।

उनी अनेरास्ववियुका तर्फबाट उम्मेदवार थिए। उपाध्यक्षमा सन्ध्या पौडेल विजयी भएकी छन् भने सचिव पदमा अखिल (क्रान्तिकारी) का तारा नेपाली निर्वाचित भएकी छन्।

त्यस्तै, कोषाध्यक्षमा अनेरास्ववियुकी प्रतिमा बीसी, सदस्यहरूमा रन्जनाकुमारी सिजापति, जानकी दाहाल र विमल के.सी. निर्वाचित भएका छन्।

निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको निर्वाचन अधिकृत ढकालले जानकारी गराएका छन्।

प्रकाशित मिति : २०८१ चैत ५ गते मंगलबार